Pura Samachar

नेपालमा कोरोना भाइरसका २ सय ९३ जना संक्रमित थपिए,२ सय ६३ जना संक्रमणमुक्त ,दुई जनाको मृत्यु

प्रकाशित: December 23, 2021
पूरा समाचार

नेपालमा कोरोना भाइरसका २ सय ९३ जना संक्रमित थपिए,२ सय ६३ जना संक्रमणमुक्त ,दुई जनाको मृत्यु

काठमाडौं, ८ पुस। आज नेपालमा कोरोना भाइरसका २ सय ९३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २६ हजार ६ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै,आज २ सय ६३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख ९ हजार ९ सय २२ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ६ सय २६ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया