Pura Samachar

प्रदेश २ को सभापतिमा शेरबहादुर देउवा समूहका कृष्ण यादव निर्वाचित

प्रकाशित: December 24, 2021
पूरा समाचार

प्रदेश २ को सभापतिमा शेरबहादुर देउवा समूहका कृष्ण यादव निर्वाचित

नेपाली कांग्रेसको प्रदेश २ को सभापतिमा शेरबहादुर देउवा समूहका कृष्ण यादव निर्वाचित भएका छन्।

नेतृत्व चयनका लागि बिहिबार भएको चुनावको शुक्रबार बिहान आएको अन्तिम मत परिणाम अनुसार रामसरोज यादवलाई पछि पार्दै कृष्ण यादव कांग्रेसको प्रदेश २ सभापति बनेका हुन्।

विमलेन्द्र निधि पक्षका उम्मेदवार रामसरोजलाई शेखर कोइराला समूहले पनि समर्थन गरेको थियो।

निर्वाचन समितिका अनुसार बिहीबार राति सकिएको मतदानमा कूल १८८१ मत खसेको थियो। जसमध्ये ३० मत बदर भए भने विजयी कृष्ण यादवले ९ सय ९६ मत पाउँदा पराजित रामसरोजले ८ सय ५५ मत ल्याए।अन्य पदाधिकारीको मतगणना आजै सुरू हुने निर्वाचन समितिले जनाएको छ।

प्रतिनिधि विवादका कारण कांग्रेसले प्रदेश २ को अधिवेशन केन्द्रीय महाधिवेशनभन्दा पछाडि सारेको थियो।

प्रतिक्रिया