Pura Samachar

राज्यपाल एवं मुख्यमंत्रीले दिए बडा दिनको शुभकामना संदेश

प्रकाशित: December 24, 2021
पूरा समाचार

राज्यपाल एवं मुख्यमंत्रीले दिए बडा दिनको शुभकामना संदेश

डा. हरिमोहन पोखरेल

कोहिमा /नागालैंडराज्यका राज्यपाल एवं मुख्यमंत्री द्वारा राज्यका क्रिश्चियन अनुयायीहरूलाई बडादिनको अगाडि नै शुभकामना संदेश दिएको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार राज्यका महामहिम राज्यपालले आफ्नो सन्देशमा भने कि प्रभू ईशा मशीह द्वारा शांतिको पथ अपनाए जस्तै सबै अनुयायीहरूले पनि उनको मार्गमा अग्रसर भएर संसारमा एउटा उदाहरण प्रस्तुत गर्न सकुन र ईशा मशीहको जीवनमा प्रेम र भाइचाराको साँचो अनुसरण गर्दै जीवन सफल बनाउन सकुन ।
राज्यका मुख्यमन्त्री नेफयू रियोले भने कि ईसाई धर्मावलम्बीहरूले भने प्रभू ईशा मशीहले देखाएको प्रेमको सन्देशलाई जीवन उतारने गरेर संसारमा शान्तिको वातावरण सिर्जना होस ।उनीहरूले आपसमा भाइचारा अपनाउदै आफ्नो जीवन सफल बनाउन सक्ने कामना गरे ।
स्मरण रहोस् प्रत्येक वर्ष ईसाई धर्मावलम्बीहरूले बडा दिन पच्चीस दिसंबरको दिन मनाउने गर्छन भने ईसाईहरूको स्वर्ग मानिने नागालैंडमा भने बडा दिनको महत्व अलग्गै हुन्छ ।यो एउटा बेग्लै इतिहास हो ।

प्रतिक्रिया