Pura Samachar

कैलालीमा मात्रै ११ सय बढी संक्रमित, सुदूरपश्चिममा ४२ सय ५७ पुगे

प्रकाशित: July 30, 2020

कैलालीमा मात्रै ११ सय बढी संक्रमित, सुदूरपश्चिममा ४२ सय ५७ पुगे

काठमाडौं । सुदूरपश्‍चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार २ सय ५७  पुगेको छ । हिजो ७४ जना थपिएसँगै प्रदेशमा संक्रमितको संख्या ४ हजार २ सय ५७ पुगेको हो ।

हालसम्म दुई हजार नौ सय ७३ जना डिस्चार्ज भएका छन् । संक्रमितमा सबैभन्दा बढी कैलालीका मात्रै ११ सय १ जना छन् ।

यस्तै अछाममा ६६७, बैतडीमा ३०९, बझाङमा १७४, बाजुरामा ४४९, डडेलधुरामा २९९ दार्चुलामा २१, डोटीमा ७१५ र कञ्‍चनपुरमा ५२२ जनामा संक्रमण देखिएको छ । प्रदेशभर ३ हजार १ सय १८ जना अझै क्‍वारेन्टिनमै रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया