Pura Samachar

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकअघि नेताहरु छलफलमा

प्रकाशित: December 24, 2021
पूरा समाचार

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकअघि नेताहरु छलफलमा

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकअघि नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सभापति शेरबहादुर देउवासहितका नवनिर्वाचित पदाधिकारीहरूको बैठक चलिरहेको हो ।
बैठकमा शेखर कोइराला प्यानलबाट निर्वाचित भएका उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाको सहभागिता रहेको छ । पदाधिकारीमा शेखर कोइराला प्यानलबाट गुरुङ र थापासहित सहमहामन्त्रीमा पनि दुई जना निर्वाचित भएका थिए ।

बैठकबाट शनिबार बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गरिने बताइएको छ । काँग्रेस केन्द्रीय समिति बैठक शनिबार १ बजेका लागि बोलाइएको छ भने त्यसअघि नवनिर्वाचित केन्द्रीय कमिटी सदस्यहरुको शपथ र प्रमाणपत्र वितरण गरिनेछ ।

प्रतिक्रिया