
डा. हरिमोहन पोखरेल
कोहिमा /मणिपुर राज्यको इम्फाल पश्चिम जिल्ला अन्तर्गत काङलातोङबी तिसपरीमा उँधौली पूजा (गोठ पूजा ) संपन्न भएको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार उँधौली पूजाको आयोजना श्रीपाली सुयॅल थापा बंधु कल्याण समिति द्वारा गरिएको थियो भने यसमा राज्य भरिका तीस परिवारका बत्तीस जनाको उपस्थिति रहेको थियो ।
यसै अवसरमा समितिका सचिव श्री देवी प्रसाद थापा ‘मामा’ले भने कि यो छह -छह महिनामा संपन्न गरिने यो पूजा केही वर्ष अगाडिबाट आरंभ गरिएको हो भने यसमा सर्वप्रथम ब्राह्मणहरू द्वारा चण्डी पाठ गरिने छ ।त्यसपछि गाईको गोठमा पारंपरिक पूजा गरिने हुन्छ ।त्यस पश्चात बाहिरको विधि विधान हुन्छ ।
पूजाको समापन पश्चात उनले बैठकलाई सम्बोधन गर्दै भने कि समितिले थापा बंधुहरूको उत्थान र विकास एवं संवर्द्धनको निमित्त काम गर्दै वंशावलीको प्रकाशन गर्ने छ ।जसमा छुटेका बंधुहरू गाभिने छ भने कक्षा दस देखि लिएर एम ए सम्मका उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिने छ अनि हाम्रो बंधुहरू बीचका वयोवृद्ध नागरिकहरूलाई पनि सम्मान गरिने छ ।
उनले अगाडि भने कि गतः दुई वर्ष अघि हामीले समितिको कार्यलाई कोविदको महामारीले गर्दा अगाडि बढाउन सकेनौ ।त्यसको लागि हामी दुःख व्यक्त गर्दछौ ।
अध्यक्ष नारायण थापाले भने कि हाम्रो लागि गौरवको विषय हो कि कोविदको महामारी पश्चात पुनः हामी एक हुदै यस वर्षको उँधौली पूजा मनाउन सफल भयौँ ।यसैगरी आगामी वषॅ 2022 को लागि विजयनगर निवासी सागर थापाको निवासमा उँधौली पूजा संपन्न हुनेछ ।जसमा हामी सबै एक भएर यो महत कार्य सम्पन्न गराउनुपर्नेछ ।
अध्यक्षको भाषण पश्चात प्रसाद वितरण गरेर बैठक संपन्न भएको थियो ।
प्रतिक्रिया