Pura Samachar

कोरोना भाइरसको संक्रमण फैलिदै गएसँगै नेपालमा थप स्वास्थ्य मापदण्ड तय गर्न मन्त्रालयका प्रतिनिधिको बैठक सिंहदरबारमा जारी

प्रकाशित: December 26, 2021
पूरा समाचार

कोरोना भाइरसको संक्रमण फैलिदै गएसँगै नेपालमा थप स्वास्थ्य मापदण्ड तय गर्न मन्त्रालयका प्रतिनिधिको बैठक सिंहदरबारमा जारी

काठमाडौं। कोरोना भाइरसको संक्रमण फैलिदै गएसँगै नेपालमा थप स्वास्थ्य मापदण्ड तय गर्न मन्त्रालयका प्रतिनिधिको बैठक सिंहदरबारमा जारी छ ।

नेपाल पर्यटन बोर्डका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको संयोजकत्वमा बैठक शुरु भएको हाे ।

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण रोक्न नेपाल सरकारले यस अघि ६७ देशबाट नेपाल प्रवेशमा कडाइ गर्ने निर्णय गरेको थियो ।

सर्वत्र विरोध पनि सरकारले तत्काल निर्णयलाई स्थागित गरेपछि थप स्वास्थ्य मापदण्ड तय गर्ने बारे स्वास्थ्य मन्त्रालय, पर्यटन मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालयको प्रतिनिधि र पर्यटन व्यवसायीबीच बैठक शुरु भएको हो ।

बैठकले स्वास्थ्य मापदण्डलाई कडाई गर्दै संक्रमणलाई फैलन नदिने गरी निर्णयसँगै पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने गरी निर्णय गर्ने तयारी भएकाे जनाइएकाे छ।

प्रतिक्रिया