Pura Samachar

नेकपा माओवादी केन्द्रको महाधिवेशनमा ढिलाइ हुने सम्भावना

प्रकाशित: December 26, 2021
पूरा समाचार

नेकपा माओवादी केन्द्रको महाधिवेशनमा ढिलाइ हुने सम्भावना

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशनमा ढिलाइ हुने सम्भावना बढेको छ ।

आज दिउँसो १ बजेका लागि तय राष्ट्रिय सम्मेलन महाधिवेशनमा रुपान्तरण गर्ने निर्णयसँगै ३ बजेका लागि सारिएको थियो ।

महाधिवेशन शुरु हुन एक घण्टा समय बाँकी हुँदासम्म पनि मूख्य मञ्चको व्यवस्थापन समेत सकिएको छैन । अहिले मञ्च व्यवस्थापनको काम धमाधम भैरहेका छन् । अहिले महाधिवेशन आयोजनास्थलको सुरक्षा जाँच पनि भैरहेको छ । आठौं महाधिवेशनको उद्घाटनसत्रमा विभिन्न दलका शीर्ष नेताहरुलाई समेत अतिथिका रुपमा बोलाइएको छ । महाधिवेशनको उद्घाटन अध्यक्ष पुष्पकमल दाहालले गर्नुहुनेछ ।

पूष १३ गतेसम्मका लागि तय सम्मेलन महाधिवेशनमा रुपान्तरण भएपछि थप दुई दिन लम्बिने भएको छ । पहिलोपटक बहुपदीय प्रणालीमा जान लागेको माओवादीमा १५ सदस्यीय केन्द्रीय पदाधिकारी रहने भएको छ ।

प्रतिक्रिया