
एजेन्सी । बेलायतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यहाँका अधिकारीहरूले दिएको जानकारीअनुसार शनिबार मात्र एक लाख २२ हजारभन्दा बढी सङ्क्रमित भेटिएका बताइएको छ ।
यसअघि यहाँ शुक्रबार मात्र एकै दिनमा १ लाख २० हजार सङक्रमित भेटिएका थिए । यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि नै एकै दिनमा देखिएको यो सबैभन्दा बढी सङ्क्रमित संख्या हो ।
त्यसपछि शनिबार मात्र यहाँ १ लाख २२ हजार १८६ जनामा सङ्क्रमण भएको हो । यो नै यहाँ कोरोना भाइरसको सङक्रमण शुरु भएदेखि नै सबैभन्दा धेरै सङ्क्रमित पाइएको बताइएको छ ।
बेलायतमा पछिल्ला केही हप्ताहरुमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरूले प्रकोप सुरु भएयताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका बताइरहेका छन् ।
त्यसैगरी यहाँ हरेक दिन कोभिडको घातक मानिएको ओमिक्रोन भेरियन्ट पनि बढ्दो देखिएको छ । पछिल्लो समयमा ओमिक्रोन भाइरस देखिएपछि यहाँका कतिपय कार्यक्रमहरूमा पनि प्रतिबन्ध लगाउन सुरु गरिएको छ ।
प्रतिक्रिया