Pura Samachar

आठौं महाधिवेशन अन्तर्गतसोमवार विहान ११ बजेबाट बन्दसत्रको कार्यक्रम सुरु हुने

प्रकाशित: December 27, 2021
पूरा समाचार

आठौं महाधिवेशन अन्तर्गतसोमवार विहान ११ बजेबाट बन्दसत्रको कार्यक्रम सुरु हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र सोमवारदेखि सुरु हुने भएको छ ।

माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन आइतबार सम्पन्न भएसँगै सोमवारबाट बन्दसत्रको कार्यक्रम सुरु हुने माओवादी केन्द्रले जनाएको छ ।

नेता जनार्दन शर्माका अनुसार सोमवार विहान ११ बजेबाट बन्दसत्रको कार्यक्रम सुरु हुनेछ ।

महाधिवेशनमा सहभागी हुन देशभरबाट माओवादीका प्रतिनिधिहरु काठमाडौं आइपुगेका छन्। १६ बढी प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन् । माओवादीले यस महाधिवेशनलाई विचारको महाधिवेशन भनेको छ ।

प्रतिक्रिया