
डा. हरिमोहन पोखरेल
कोहिमा /विश्वका विभिन्न मुलुकमा मनाए झै नागालैंडमा पनि प्रभू येशु मशीहको जन्मदिन बडा दिन अर्थात क्रिसमसको रूपमा पालन बडो धुमधामका साथ मनाएको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार राज्यका विभिन्न स्थानका गिरिजाघरहरूमा काहीं नेपाली पोशाक सजिएका नेपाली इसाई अनुयायीहरूले आफ्नो परम्पराका गोसपेल गानामा नृत्यहरू प्रस्तुत गरेका थिए भने अन्य उपजातिका मानिसहरू भने आफ्नै पोसाकमा उपस्थित हुदै विशेष प्रार्थना सभामा उपस्थित भएका थिए ।यसै अवसरमा राज्यका मुख्यमन्त्रीले पनि सबै इसाई धर्मावलम्बीहरूलाई शान्तिको पथ अपनाएर भाइचारा र विश्व बंधुत्वको वातावरण कायम राख्ने आवाह्न गरेका थिए ।कोहिमामा सबै गिरिजाघरहरू डिस्को लाइट लगाएर बेहुली रूपमा सजिएका थिए भने अनुयायीहरूमा खुशी र उत्साहले भरिएको थियो ।
पच्चीस तारिखको दिन बिहानबाट विशेष प्रार्थना सभा आरंभ भएको थियो भने इसाई अनुयायीहरूले भाग लिएका थिए ।एक अर्कामा उपहार साटासाट गर्दै बडा दिनको शुभकामना पनि एक अर्कामा साटेको देखियो ।यस प्रकारको माहौलले आपसमा भाइचारा झलकी रहेको थियो ।सधैं जसो खुशीको माहौल कम नै थियो किनकि यस महिनाको शुरूमै मोन जिल्लाको ओटिङमा भएको घटनाले सबैलाई भाव विह्वल बनाएको थियो ।फेरि पनि दिवंगत आत्माले चिर शान्तिको कामना गर्दै विशेष प्रार्थना सभाको आयोजना गरिएको थियो ।
आज छब्बीस तारिखको दिनमा पनि गिरिजाघरहरूमा उपस्थित सामान्य रहे तापनि प्रार्थना सभा र खान -पीनको व्यवस्था थियो भने अनुयायीहरूले आफ्नो प्रार्थनामा सक्रिय रूपले भाग लिएको सबै जग्गामा देखियो ।यस प्रकारले यस वर्षको बडा दिनको समारोह संपन्न भएको थियो ।
स्मरण रहोस् प्रत्येक वर्ष पच्चीस दिसंबरको दिन प्रभू ईशा मशीहको जन्मदिन बडा दिन अर्थात क्रिसमसको रूपमा संसारभरि नै पालन गरिन्छ ।
प्रतिक्रिया