Pura Samachar

एमसिसी राष्ट्रघाती छैन:प्रधानमन्त्री देउवा

प्रकाशित: December 27, 2021
पूरा समाचार

एमसिसी राष्ट्रघाती छैन:प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना राष्ट्रघाती हो भन्नेहरूले उक्त सम्झौता पढ्दै नपढेको बताएका छन्।

नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनको उद्घाटनमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले एमसिसी कुनै पनि अर्थमा राष्ट्रघाती नभएको बताएका हुन्।उद्घाटनमा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले एमसिटसी राष्ट्रघाती सम्झौता भएको बताए।

‘म नेपालको प्रधानमन्त्री हो। म राष्ट्रघाती सम्झौता किन गरौंला,’ प्रधानमन्त्री देउवाले भने,‘एमसिसी राष्ट्रघाती भन्नेहरूले सम्झौता पढेका छन् कि छैनन्। मैले पढ्दा त राष्ट्रघाती छैन। ’

प्रतिक्रिया