Pura Samachar

भारतमा ओमिक्रोन संक्रमितको संख्या बढ्दो

प्रकाशित: December 27, 2021
पूरा समाचार

भारतमा ओमिक्रोन संक्रमितको संख्या बढ्दो

भारतमा ओमिक्रोन संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । हालसम्म ४ सय २२ जना संक्रमित भेटिएको बीबीसीले जनाएको छ । महाराष्ट्रमा सबैभन्दा धेरै संक्रमित रहेका छन् । महाराष्ट्रमा सबैभन्दा बढी १ सय ८ संक्रमितहरु भेटिएका हुन् । त्यस्तै दिल्लीमा ७९ र गुजरातमा ४३ जना संक्रमित रहेका छन् । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनवरी १० देखि अग्रपंक्तिमा काम गर्ने र ६० वर्षभन्दा माथिका व्यक्तिहरूलाई कोभिड १९ विरुद्ध खोपको बुस्टर डोज दिने घोषणा गर्नु भएको छ । केन्द्र सरकारको विश्लेषण अनुसार ठूलो संख्यामा कोरोना विरुद्धको पूर्ण खोप लगाएकाहरु संक्रमित बनेका छन् । कोरोना विरुद्धको खोप लगाएपछि पनि मास्क र निगरानी उत्तिकै महत्वपूर्ण रहेको बताइएको छ । संक्रमितमध्ये २७ प्रतिशत विदेश भ्रमण नगरेका व्यक्तिहरू रहेका छन् । समुदाय स्तरमा नै ओमिक्रोन फैलन थालेको विश्लेषण गरिएको छ । 

प्रतिक्रिया