Pura Samachar

लिग लिडर म्यानचेस्टर सिटीले लेस्टर सिटी माथि जित

प्रकाशित: December 27, 2021
पूरा समाचार

लिग लिडर म्यानचेस्टर सिटीले लेस्टर सिटी माथि जित

इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेस्टर सिटीले लेस्टर सिटी माथि जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा सिटीले लेस्टर लाई तीनका बिरुद्ध छ गोलको अन्तरले पराजित गरेको हो । केभिन डे ब्रुएनले पाँचौ मिनेटमा गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।खेलको १४ औं मिनेटमा रियाद महरेज, २१ औं मिनेटमा इल्के गुन्डोगान, २५ औं मिनेटमा रहिम स्ट्रर्लिङ गोल गरेका थिए ।

त्यसपछि ५५ औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरलाई ४-१ को स्थितिमा ल्याए । ५९ औं मिनेटमा एडिमोला लुकम्यानले गोल गरेपछि लेस्टर ४-२ को स्थितिमा रह्यो । खेलको ६५ औं मिनेटमा लेस्टरका केलिची इहानचोले गोल गरेपछि खेल ४-३ को अवस्थामा आयो ।

तर त्यस पछि म्यान्चेस्टरका लागि खेलको ६९ औं मिनेटमा एम्रिक लापोर्टे र ८७ औं मिनेटमा स्ट्रर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ६-३ को जित दिलाएका हुन् । यस जितसँगै सिटीले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ। शीर्ष स्थानको सिटीले १९ खेलमा ४७ अंक जोडेको छ । दोस्रो स्थानको लिभरपुलको ४१ अंक रहेको छ ।

 

प्रतिक्रिया