
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८, शिवचोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका थली बस्ने सिन्धुपाल्चोकको बाह्रबिसेका २७ वर्षीय राजमान तामाङको उपचारको क्रममा जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ ।
sarbottam cement
पहेँलो पुलबाट शिवचोकतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२ ०१७ प ९८२७ नम्बरको मोटरसाइकल गए राति करिब १२ बजे पल्टिएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जनाएको छ ।
प्रतिक्रिया