Pura Samachar

माओवादी केन्द्रले ७ सदस्यीय अध्यक्ष मण्डल गठन

प्रकाशित: December 27, 2021
पूरा समाचार

माओवादी केन्द्रले ७ सदस्यीय अध्यक्ष मण्डल गठन

काठमाडौं । माओवादी केन्द्रले ७ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ।

अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, परशुराम रम्तेल, पूर्णाकुमारी सुवेदी र रूपा श्रेष्ठ महर्जन रहेका छन।

आइतबार महाधिवेशन उद्घाटन गरेको माओवादीले आज काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र सुरु गरेको छ।

अहिले बन्दसत्रमा नेता प्रचण्डले प्रतिवेदन वाचन गर्न सुरु गरेका छन। यसपछि विभिन्न २८ समूहमा प्रतिनिधिले छलफल गर्नेछन।

प्रतिक्रिया