Pura Samachar

वीरगन्जमा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु, न्यायाधीश पनि संक्रमित बनेपछि अदालत बन्द

प्रकाशित: July 31, 2020

वीरगन्जमा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु, न्यायाधीश पनि संक्रमित बनेपछि अदालत बन्द

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कारण वीरगन्‍जमामा थप दुई जनाको मृत्यु भएको छ ।

बिहीबार साँझ वीरगन्जका ३५ र ६५ वर्षीय दुई पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डा.मदन उपाध्यायले जानकारी दिए ।

मृत्यु हुनेमा वीरगन्‍ज उपमहानगरपालिका १६ नगवाका ३५ वर्षीय युवा र वीरगञ्ज २ छपकैयाका ६५ वर्षीय वृद्ध छन् ।

“उनीहरु दुबैको मृत्यु पीसीआर परीक्षणको रिपोर्ट आउनु अघि नै भएको हो ।

योसँगै पर्सामा मात्रै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या नौ पुगेको छ।

त्यसैगरी कोरोना संक्रमण बढेपछि भन्दै जनकपुर उच्च अदालत र जिल्ला अदालत धनुषा निश्चित कामकारबाही बाहेक अन्य सबै सेवाहरु बन्द हुने भएका छन् ।

उच्च अदालत जनकपुरका एक न्यायाधीशलाई कोरोना संक्रमण भएपछि बिहीबार बसेको उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, उच्च तथा जिल्ला सरकारी वकिलको कार्यालय एवं बार एसोशिएसनको छलफलबाट शुक्रबारदेखि अदालत बन्द गर्ने निर्णय गरिएको हो ।

लकडाउमा प्रदान गर्दै आएको निश्चित कामकारबाही बाहेक अन्य कामकारबाही शुक्रबारदेखि लागि स्थगन गर्ने निष्कर्शसहित सर्वोच्च अदालतलाई अनुरोध गर्ने निर्णय गरको जनाइएको छ।

साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जना कर्मचारीहरुको स्वाब प्रादेशिक प्रयोगशाला जनकपुरमा परीक्षण गर्दा एकजना न्यायाधीशको रिपोर्ट पोजेटिभ आएको थियो।

प्रादेशिक अस्पताल जनकपुरका विज्ञ डाक्टरका अनुसार कोरोना संक्रमण तिब्रगतिमा फैलिरहेकोले सुरक्षित र सावधान रहनु पर्ने रायसुझावलाई मनन गरी छलफलबाट उच्च अदालत जनकपुर र जिल्ला अदालत धनुषाका निश्चित कामकारबाही बाहेक सबै साउन मसान्तसम्मको लागि स्थगन गर्ने निर्णय भएको उच्च अदालतका एक कर्मचारीले जानकारी दिए।

प्रतिक्रिया