
काठमाडौं । नेपालमा पछिल्लाे २४ घण्टामा थप २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार १० हजार ८८६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २५१ र एन्टिजेन विधिबाट २० गरी २७१ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
मन्तालयका अनुसार साेही अवधिमा थप २२५ जना संक्रमणमुक्त भएका छन्। नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ११ हजार ५ जना संक्रमणमुत्त भइसकेका छन् ।
नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयकाे भनाइ छ।
हाल देशभर ४ हजार ९३१ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लाे २४ घण्टामा थप १ संक्रमितकाे मृत्यु भएको छ।
देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९३१ जना रहेकाे जनाइएकाे छ ।
प्रतिक्रिया