Pura Samachar

नेपाली काँग्रेसको १६ जिल्लामा यही पुस २७ गते अधिवेशन हुने

प्रकाशित: December 28, 2021
पूरा समाचार

नेपाली काँग्रेसको १६ जिल्लामा यही पुस २७ गते अधिवेशन हुने

काठमाडौं । नेपाली काँग्रेसको १६ जिल्लामा यही पुस २७ गते अधिवेशन हुने भएको छ ।

काँग्रेसको केन्द्रीय निर्वाचन समितिले सोमबार विज्ञप्ति जारी गरी १६ जिल्लामा २७ गते अधिवेशन गर्ने जनाएको हो । पार्टीको १४ औं महाधिवेशन सम्पन्न भए पनि १६ जिल्लामा भने अधिवेशन हुन बाँकी थियो ।

प्रदेश २ का ८ जिल्ला र बागमती प्रदेशमा चितवन, सिन्धुली, मकवानपुर र सिन्धुपाल्चोक, जिल्ला अधिवेशन रोकिएको थियो । गण्डकीमा प्रदेशमा पनि नवलपरासी पूर्वको जिल्ला अधिवेशन हुन बाँकी छ । यस्तै लुम्बिनी प्रदेशको बाँकेमा पनि जिल्ला अधिवेशन सम्पन्न हुन सकेको छैन ।

उता सुदूरपश्चिम प्रदेशका कैलाली र अछाममा पनि जिल्ला अधिवेशन रोकिएको छ । बाँकी रहेका १६ जिल्लामा पुस २७ गते एकैदिन अधिवेशन सम्पन्न गर्ने केन्द्रीय निर्वाचन समितिको तयारी छ ।

प्रतिक्रिया