
काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबलको तेस्रो संस्करण माल्दिभ्समा आयोजना हुने भएको छ ।
माल्दिभ्स भलिबल एसोसियसनले सन् २०२२ को सेन्ट्रल जोन माल्दिभ्समा आयोजना हुने जनाएको छ ।
माल्दिभ्स भलिबलले मिति भने खुलाएको छैन ।यस संस्करणको सेन्ट्रल जोन बंगलादेशमा भईरहेको छ ।नेपालको महिला टोली अपराजित रहदै फाइनल पुगेको छ ।
अब नेपालले उपाधिका लागि उज्वेकिस्तानसँग मंगलबार खेल्नेछ ।
सोमबार नै श्रीलंकालाई ३-२ को सेटमा हराएर उज्वेकिस्तानले फाइनलमा स्थान पक्का गरेको हो ।
उज्वेकिस्तानले ५ खेलमा ११ अंक जोड्यो ।
श्रीलंका र किर्गिस्तानले तेस्रो स्थानमा लागि खेल्ने छन् ।
प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ ।राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।यस्तै तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया