Pura Samachar

सिरहा प्रशासनले पूर्वपश्चिम राजमार्ग र सिरहा चोहर्वा सडकखण्डमा दुई दिनका लागि निषेधाज्ञा जारी

प्रकाशित: December 28, 2021
पूरा समाचार

सिरहा प्रशासनले पूर्वपश्चिम राजमार्ग र सिरहा चोहर्वा सडकखण्डमा दुई दिनका लागि निषेधाज्ञा जारी

सिरहा । सिरहा प्रशासनले पूर्वपश्चिम राजमार्ग र सिरहा चोहर्वा सडकखण्डमा दुई दिनका लागि निषेधाज्ञा जारी गरेको छ ।

सीके राउत नेतृत्वको जनमत पार्टीको चक्काजाम असफल पार्न प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले सूचना जारी गरेर निषेधाज्ञाबारे जानकारी दिनुभएको हो । पुस १३ र १४ गते विहान ५ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा जारी गरेको सूचनामा उल्लेख छ । पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग र चोहर्वादेखि सिरहा सडक खण्डको पि।के।राज इन्टरप्राईजेज ९पेट्रोल पम्पसम्म० ५०० मिटर आसपासका क्षेत्रसम्म निषेधाज्ञाको क्षेत्र तोकिएको छ ।उक्त अवधिभर राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात सुचारु रहनेछ भने बाहिर हिड्डुल गर्न, भेला हुन तथा राजनीतिक सभा र गतिविधि गर्न नपाउने सूचनामा उल्लेख छ । सूचनाको उल्लंघन गरेमा कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

जनमत पार्टीले आन्दोलन लम्ब्याएपछि प्रशासन निषेधाज्ञा जारी गरेहो । केहिबेर अगाडी मात्र जनमत पार्टीले माग पुरा गर्न प्रशासनले चासो नदेखाएको भन्दै भोली र पर्सी समेत जिल्लाभर चक्काजाम गर्ने निर्णय गरेको लगातै सिरहाका प्रमुख जिल्ला अधिकारी कवारीले सूचना जारी गरेर निषेधाज्ञाबारे जानकारी दिनुभएको हो ।औरही गाउँपालिकाले किसानमाथि दर्ता गरेको मुद्दा फिर्ता लिनुपर्ने, पक्राउ परेका किसानहरुलाई रिहा गर्नुपर्ने, औरहीका अध्यक्ष सिदार्थ यादवले गरेको भ्रष्टाचारको छानविन गर्नुपर्ने, किसानलाई समयमा मलखाद उपलब्ध गराउनुपर्ने लगायतको माग राखेर जनमत पार्टी आन्दोलनमा छ ।

प्रतिक्रिया