
एसीसी यू-१९ एसियाकपमा नेपाल कुवेतसँग १ विकेटले पराजित भएको छ।कुवेतका ओपनर मिट भावसरले १७५ रनको सानदार इनिङ खेलेपछि नेपाल प्रतियोगितामा जितविहिन बन्यो।कुवेतसँग यू-१९ उमेर समुहमा यो पहिलो हार हो। यसअघि भएका ४ भेटमा नेपाल विजयी रहेको थियो।टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ४२.३ ओभरमा अलआउट हुँदै २३९ रनको स्कोर तयार गरेको थियो। नेपालका लागि विवेक मगरले ५० रन बनाउँदा बसिर अहमद्धले ५६ रनको इनिङ खेलेका थिए। त्यस्तै मोहमद्ध अदिल अलामले ४९ रन बनाउँदा नेपाल समानजनक स्कोर बनाउन सफल भएको थियो।कुवेतका लागि मिर्जा अहमद्ध, अब्दुल सादिकले समान ३-३ विकेट लिंदा हेनरी थोमस र मोहमद्ध बास्ताकीले २-२ विकेट लिएका थिए।२४० रनको विजयी लक्ष्य पछ्याएको कुवेत ओपनर मितको सानदार इनिङमा विजयी भयो।१४९ बल खेलेका मितले २४ चौका र १ छक्काको सहयोगमा १७५ रनको सानदार इनिङ खेले। उनी बाहेक अर्को ओपनर जदे सलमनाले २५ रन बनाएका थिए।अन्य कुनैपनि खेलाडीले दोहोरो स्कोर बनाएनन। तर नेपालले २५ रन अतिरिक्त रनका रुपमा दिएको थियो। नेपालका गुल्सन झाले ३ विकेट लिए भने सेर मल्ल, बसिर अहमद र बिवेक यादवले समान २-२ विकेट लिएका थिए।
प्रतिक्रिया