Pura Samachar

सुनचाँदीको मूल्य ओरालो

प्रकाशित: December 30, 2021
पूरा समाचार

सुनचाँदीको मूल्य ओरालो

काठमाडौं । साताको पाँचौ दिन आज बिहीबार बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ४ सयले ओरालो लागेर ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।

तेजावी सुन प्रतितोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज १५ रुपैयाँले ओरालो लागेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया