
भक्तपुरमा बुधबार राति कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
राति पौने ११ बजे मध्यपुर थिमी नगरपालिका-४ स्थित चारदोबाटोमा बा ४ च ५७६ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा कारका चालक सिन्धुली कमलामाई नगरपालिका १२ का २५ वर्षीय सविन घिसिङ र धनुषा जनकपुर उपमहानगरपालिका-१५ का २२ वर्षीय अभिषेक साहको मृत्यु भएको हो।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार दुबैको नागरिक अस्पताल गठ्ठाघरमा उपचारका क्रममा मृत्यु भएको हो।
प्रतिक्रिया