Pura Samachar

नागालैंडमा डिस्टर्ब एरिया स्टेटस छह महिनाको लागि बढायो, एनपीएफले विरोध

प्रकाशित: December 30, 2021
पूरा समाचार

नागालैंडमा डिस्टर्ब एरिया स्टेटस छह महिनाको लागि बढायो, एनपीएफले विरोध

डा. हरिमोहन पोखरेल

कोहिमा /नागालैंड राज्यमा आगामी छह महिनाको लागि डिस्टर्ब एरिया स्टेट बढाएको समाचार प्राप्त भएको छ ।
आज साँझ केन्द्रीय गृह मंत्रालय द्वारा जारी एउटा विज्ञप्ति अनुसार नागालैंड राज्य एउटा बहुत नै डिस्टर्ब एरिया रहेकोले गर्दा आगामी छह महिनाको लागि बढाएको हो भन्ने कुरा विज्ञप्तिमा जनाएको छ ।
एकातिर केन्द्रले डिस्टर्ब एरिया स्टेटको म्याद बढाएको विरुद्धमा राज्यको राजनीतिक पार्टी नागा पिपुल्स फ्रंट (एन पी एफ )ले कडा रूपमा विरोध गरेको समाचार पनि प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार एनपीएफले भन्यो कि केन्द्र सरकारले सानो राज्यको कुरा सुन्न छोडेको छ ।
एनपीएफले अगाडि भन्यो कि यदि सरकारले यो छह महिनाको म्याद फिर्ता नगरूञजेल सम्म हामीहरू संचले बस्ने छैनौ र नागाहरूको बसोबासो गर्ने एरिया भने शान्तिले बस्ने छैन ।सरकारले जब सम्म फिर्ता लिँदैन तब सम्म हामी आफ्नो कुरामा अठोट रहनेछौ भन्ने दावी गरेको छ ।
स्मरण रहोस् यही आगामी एकतीस दिसंबरमा राज्यबाट छह महिनाको डिस्टर्ब एरिया स्टेटको म्याद भने पूरा हुदै थियो ।

प्रतिक्रिया