Pura Samachar

आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषद, नेपाल बीच पार्टी एकता हुदै

प्रकाशित: December 31, 2021
पूरा समाचार

आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषद, नेपाल बीच पार्टी एकता हुदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषद, नेपाल बीच पार्टी एकता हुने भएको छ ।

शुक्रवार काठमाडौंको अर्याल हाेटलमा आयोजना हुने एक कार्यक्रमका बीच पार्टी एकता घोषणा हुने एकीकृत समाजवादी पार्टीका उपमहासचिव डा विजयकुमार पौडेलले जानकारी दिनुभएको छ ।

जनमाेर्चाबाट अलग्गिएर बनेकाे राष्ट्रिय जागरण परिषदकाे नेतृत्व साध्यबहादुर भण्डारीले गर्नुभएकाे डा पाैडेलले बताउनुभएकाे छ ।

पछिल्लो समय देशव्यापी संगठन विस्तारलाई तीव्र बनाएको एकीकृत समाजवादीले पार्टी एकता अभियानलाई समेत उच्च प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया