Pura Samachar

भारतलेअफ्रीकालाई ११३ रनले पराजित गर्दै भारतले तिन टेस्टको सिरिजमा १-० ले अग्रता

प्रकाशित: December 31, 2021
पूरा समाचार

भारतलेअफ्रीकालाई  ११३ रनले पराजित गर्दै भारतले तिन टेस्टको सिरिजमा १-० ले अग्रता

घरेलु टोलि दक्षिण अफ्रीकालाई ११३ रनले पराजित गर्दै भारतले तिन टेस्टको सिरिजमा १-० ले अग्रता हाँसिल गरेको छ।

सुपर स्पोर्ट्सपार्क सेन्चुरियनमा सम्पन्न खेलमा भारतले दिएको ३०५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले १९१ रनमा सम्पूर्ण विकेट गुमायो।

दक्षिण अफ्रीकाको ब्याटिंगमा कप्तान तथा ओपनर डीन एल्गरले ७७, तेम्बा बभुमाले ३५, क्विन्टन डीककले २१ रन बनाए। भारतीय बलर जस्प्रित बुम्राह ( १९-४-५०-३ ) र मोहम्मद शामी ( १७-३-६३-३ ) ले समान तिन विकेट तथा मोहम्मद सिराज ( १८-५-४७-२ ) र रभीचन्द्रन आश्विनले ( ९-२-१८-२ ) समान दुई विकेट लिए।

टेस्टको पहिलो इनिंग्समा भारतले३२७ रन बनाएको थियो भने दोश्रो इनिंग्समा १७४ रन बनाएको थियो। दक्षिण अफ्रीकाले पहिलो इनिंग्समा १९७ रन बनाएको थियो।

टेस्टको प्लेयर अफ द म्याच पहिलो इनिंग्समा १२३ रन बनाएका केएल राहुल चुनिए।

दुई देश बीच दोश्रो टेस्ट जनवरी ३ तथा तेश्रो टेस्ट जनवरी ११ तारिख देखि सुरु हुनेछ। तयसपछि जनवरी १९ तारिख देखि तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज सुरु हुनेछ।

प्रतिक्रिया