Pura Samachar

म्यान्चेस्टर युनाइटेडले बर्नलेलाई ३–१ ले हरायो

प्रकाशित: December 31, 2021
पूरा समाचार

म्यान्चेस्टर युनाइटेडले बर्नलेलाई ३–१ ले हरायो

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले बर्नलेलाई ३–१ ले हराएको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई विजयी गराउन स्कट म्याक्टोमिने र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गर्दा बर्नलेका बेन मी ले एक आत्माघाति गोल गरे । पराजित टोली बर्नलेको लागि आरोन लेनन्ले एक गोल फर्काए ।

गएराति नैं हुनुपर्ने एभर्टन र न्युकासल युनाइटेडबिचको खेल भने कोभिडका कारण पोस्टपोन्ड गर्नुपर्‍यो । गएरातिको खेलपछि म्यान्चेस्टर युनाइटेड प्रिमियर लिगको अंक तालिकाको छैटौंं स्थानमा उक्लिएको छ । १८ खेलबाट उसको ३१ अंक भएको छ । समान ३१ अंकको साथ वेष्ट ह्याम युनाइटेड पाँचौ स्थानमा छ ।

लिगमा २० खेलबाट ५० अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा रहँदा ४२ अंकको साथ चेल्सी दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेका लिभरपुल र आर्सनल क्रमशः ४१ र ३५ अंकको साथ तेस्रो तथा चौथो स्थानमा रहेका छन् ।

प्रतिक्रिया