Pura Samachar

सम्पत्ति शुद्धीकरण विभागले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको परिवारको नाममा रहेको सम्पत्ति छानविन गर्न दुई अनुसन्धान अधिकृत तो

प्रकाशित: December 31, 2021
पूरा समाचार

सम्पत्ति शुद्धीकरण विभागले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको परिवारको नाममा रहेको सम्पत्ति छानविन गर्न दुई अनुसन्धान अधिकृत तो

सम्पत्ति शुद्धीकरण विभागले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको परिवारको नाममा रहेको सम्पत्ति छानविन गर्न दुई अनुसन्धान अधिकृत तोकेको छ । उपसचिव कृष्ण मैनाली र शाखा अधिकृत मोहन ढकाललाई अनुसन्धान अधिकृत तोकिएको हो ।

जबराले अकुत सम्पत्ति आर्जन गरेको र कसुरजन्य गतिविधिबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको भन्दै नागरिक अगुवाहरूले छानबिन माग गरेर आइतबार विभागमा ध्यानाकर्षणपत्र बुझाएका थिए ।

डा. गोविन्द केसीको नेतृत्वमा ध्यानाकर्षणपत्र बुझाएका नागरिक अगुवाले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ ले सम्बद्ध कसुर मानेका गैरकानुनी गतिविधिमा जबरा संलग्न भएको आरोप लगाएका छन् ।

विभागले अहिले प्रधानन्यायाधीशका परिवारका सदस्य र सम्बद्ध व्यक्तिहरूमाथि अनुसन्धान र छानबिन गर्नेछ । पदमा छउन्जेल प्रधानन्यायाधीशमाथि भने विभागले छानबिन गर्न मिल्दैन ।

अनुसन्धान टोलीले प्रारम्भिक चरणमा सूचना संकलन गर्नेछ । यसबाट प्राप्त सूचनाका आधारमा परिवारका सदस्य, नातेदार तथा सम्बद्ध व्यक्तिहरूमाथि बयान हुनेछ । अनुसन्धानका लागि आवश्यक परे विभागले सम्पत्ति परिचालन तथा व्यवस्थापन हुने बैंक तथा वित्तीय संस्था, घरजग्गा, सुनचाँदीलगायतका क्षेत्र हेर्ने निकायहरूबाट सहयोग लिनेछ  ।

जबराले आफूसहित श्रीमती, भाइ, परिवारका अन्य सदस्य तथा नातेदारमार्फत बिचौलियाको काम गराएको, उनीहरूको नाममा सम्पत्ति लुकाएको र गैरकानुनी तवरले सम्पत्ति आर्जन गरेकाले उनीमाथि छानबिन हुनुपर्ने नागरिक अगुवाहरूको माग छ  ।

प्रतिक्रिया