Pura Samachar

२२ राजनीतिक दल तथा संघ संगठनहरुले एमसीसी सम्झौता संसदको कार्यसूची बन्न नदिन आगामी आईतबार माइतीघर मण्डलामा व्यापक विरोध प्रदर्शन गर्ने

प्रकाशित: December 31, 2021
पूरा समाचार

२२ राजनीतिक दल तथा संघ संगठनहरुले एमसीसी सम्झौता संसदको कार्यसूची बन्न नदिन आगामी आईतबार माइतीघर मण्डलामा व्यापक विरोध प्रदर्शन गर्ने

नेकपा (क्रान्तिकारी माओवादी) लगायतका २२ राजनीतिक दल तथा संघ संगठनहरुले एमसीसी सम्झौता संसदको कार्यसूची बन्न नदिन आगामी आईतबार माइतीघर मण्डलामा व्यापक विरोध प्रदर्शन गर्ने भएका छन् ।

२२ राजनीतिक दलका तर्फबाट नेकपा क्रान्तिकारीका नेता समेत रहेका सीपी गजुरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै पुस १८ गते बस्ने संसद बैठकमा एमसीसी संसदको कार्यसुचीमा पार्न अमेरिकाले दबाव दिइरहेकाले त्यसलाई रोक्न प्रदर्शनको आयोजना गरिएको बताए । उनले आइतबार दिउँसो १२ बजे माइतीघरमण्डलामा हुने प्रदर्शनमा आम जनतालाई आग्रह समेत गरे ।

नेपालका देशभक्त शक्तिहरु र नेपाली जनताको निरन्तर विरोध एवम् सङ्घर्षका कारण एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने योजनाले मूर्तरुप लिन नसकेपनि अमेरिकाले नेपाल सरकार र पार्टीहरुमाथि दबाव दिने काम निरन्तर जारी राखेको बताए । ‘यो क्रम पुस १८ गतेको संसद् बैठकमा पनि जारी रहने भएकाले ‘राष्ट्रघाती एम.सी.सी. सम्झौता संसद्को कार्यसूची बन्न नदिन’ २२ राजनीतिक दल÷सङ्गठनहरुद्वारा विरोध प्रदर्शनको आयोजना गरिएको छ’, २२ दलका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया