
राजविराज । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ महुली पुलमा आज दिउँसो एक ट्रकमा आगजनी भएको छ ।
गिट्टी बोकेर पूर्वतर्फ जाँदै गरेको ना ६ ख ७६२९ नम्वरको ट्रकमा आगजनी भएको हो ।
आगजनीबाट ट्रकको अगाडीको भाग जलेको छ । ट्रकमा लगाइएको आगो नियन्त्रणका लागि वारुणयन्त्र खटाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले अज्ञात व्यक्तिले ट्रकमा आगजनी गरेको बताउनुभयाे । यद्यपी, आगो कस्ले र किन लगाएको हाे भन्ने विषयमा केही खुल्न नसकेको उहाँकाे भनाइ छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताउनुभयाे ।
प्रतिक्रिया