
काठमाडौं (हाम्रो खेलकुद) – मेसुके ओलुमोउको दुई गोल मद्दतमा न्युरोड टिम (एनआरटी) ले कतार एअरवेज सहिद स्मारक ए’ डिभिजन लिगमा रिेलिगेसन जोनमा संघर्ष गरिरहेको फ्रेन्ड्स क्लमाथि रोमाञ्चक जित निकालेको छ ।
एनआरटीले पुछारमा रहेको फ्रेन्ड्स क्लबलाई ३–२ ले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबा भएको खेलमा एनआरटीको जितमा मेसुकेले दुई तथा स्टेफन समिर विनोङ एक गोल गरे । फ्रेन्ड्सका जमोल एन्थोनी फ्रान्कोइस र नाथानिल जुडे गार्सियाले गोल गरेपनि हार टार्न सकेन ।
खेलको चौथो मिनेटमा नै समिरले गोल गर्दै एनआरटीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । आन्द्रे थिएरी वियक वियको फ्रिकिकमा आएको बललाई रोनेल एन्थोनी पउलले राम्ररी किलयर गर्न नसकेको बललाई नविन गुरुङको प्रहार स्टेफनसमक्ष पुग्दा उनले एक टर्न लिदै आर्कबाट गरेको प्रहर गोलरक्षक देव लिम्वुले बचाउने कुनै मौका नै पाएन ।
२०औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै एनआरटीको अग्रता दोब्बर पारे । नविन गुरुङको पासलाई स्टेफन समिरले छोडेको बलललाई मेसुकेको मैदानको मध्यभागबाट एकल प्रयासमा गोल गर्न सफल भएका थिए । २५औं मिनेटमा नाथानिल जुडे गार्सियाको झन्डै २५ यार्ड टाढाको फ्रिकिक क्रसबारमा लागेर बाहिरिदा फ्रेन्ड्स अग्रता कम गर्नबाच चुक्यो ।
२९औं मिनेटमा फ्रेन्ड्सका हरि कठायतको क्रसमा कप्तान असिम भुषालको हेडर बाहिरियो । ४२औं मिनेटमा स्टेफनको प्रहार क्रसबारमा लागेर फर्कदा एनआरटीले थप अग्रता बढाउन सकेन । ६७औं मिनेटमा नाथानिल जुडे गार्सियाको पासमा जमोल फ्रान्कोइसले पेनाल्टी बक्समा सुवर्ण अवसर पाएपनि उनको प्रहार निकै फितलो बन्दा फ्रेन्ड्सले गोल अन्तर कम गर्न सकेन ।
७१औं मिनेटमा जमोलको पासमा सुशिल लामाले मिलाइदिएको पासमा यदु सिलवालको प्रहारलाई एनआरटीका गोलक्षक पुजन होनाले पञ्च गर्दै बचाए । ८०औं मिनेटमा जमोलले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । सकल रेग्मीले दिएको क्रस बललाई जमोलले हेडमार्फत जाली चुमाउन सफल भएका थिए ।
इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गर्दै एनआरटीलाई ३–१ ले अघि बढाए । उनले कृटिस रत्न छुन्जुको पासमा गोल गरेका थिए । इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा नाथानिल जुडे गार्सियाले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याएपनि हार टार्न सकेन । उनले जमोनल एन्थोनीको फ्रिकिक पासलाई जाली चुमाएका थिए ।
दोस्रो जित निकालेको एनआरटी ७ खेलबाट १० अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । समान १० अंक भएपनि गोल अन्तरमा आर्मी चौथो स्थानमा छ । पराजित फ्रेन्ड्सको ७ खेलबाट ३ अंक जोडेर रेलिगसन खतरा बढेको छ । जारी लिगमा जित निकाल्न नसक्ने फ्रेन्ड्स एक्लो टोली हो । फ्रेन्ड्सले ४ खेलमा हार बेहोर्दा ३ खेल बराबरी खेलेको छ ।
प्रतिक्रिया