Pura Samachar

अफसपा फिर्ता लिने आवाह्न

प्रकाशित: December 31, 2021
पूरा समाचार

अफसपा फिर्ता लिने आवाह्न

डा. हरिमोहन पोखरेल

कोहिमा/नागालैंड राज्यबाट चाँडो नै अफसपा 1958 केन्द्र सरकारले फिर्ता लिइयोस भन्ने आवाह्न गरेको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार राज्यको सत्तारूढ पार्टी एनडीपीपीले जारी गरेको विज्ञप्ति अनुसार नागालैंडका प्रत्येक मानिसहरूको ढुकढुकी बुझेर मानवताको नाताले भएपनि केन्द्र सरकारले डिस्टर्ब एरिया स्टेटस या अफसपा 1958 फिर्ता लिने छ भन्ने आशा र विश्वास ब्यक्त गरेको छ ।
विज्ञप्तिले अझै अगाडि जनायो कि यस कानुनले गर्दा निर्दोषहरूको ज्यान सितैमा गई रहेको र मानिसको मूल्य नरहेको कुरा पनि स्पष्ट पारेको छ ।
हेर्दै जाऔ सरकारले यो कानुन फिर्ता लिन्छ या लिँदैन भन्ने कुरा भविष्यको गर्भमा छ ।

प्रतिक्रिया