Pura Samachar

राशिफल

प्रकाशित: January 1, 2022
पूरा समाचार

राशिफल

मेष – स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। अध्ययनमा त्यति समय दिन नसकिएला। तर अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।

वृष – व्यापार र पेसामा राम्रै फाइदा हुनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। आलस्य गर्नाले काममा विलम्ब हुन सक्छ। अरूको भरपर्दा लाभ उठाउन नसकिएला।

मिथुन तर ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। आफ्ना सामानमा अरूले दाबी गर्नेछन्। केही उपलब्धि देखिए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्ला। अरूको मुख ताक्ने बानीले समस्या निम्त्याउनेछ।

कर्कट समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्नेछन्। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। पढाइलेखाइमा त्यति समय दिन नसकिएला। अरूको विश्वास गर्दा काममा धोका हुन सक्छ।

सिंह बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। आफूलाई विश्वास नलागेका व्यक्तिहरूले भने केही फाइदा दिलाउनेछन्। नसोचेको धन प्राप्त हुनाले घरायसी अभाव पूरा गर्न सकिनेछ।

कन्या
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ। छोटो समयमा पनि केही प्रतिफल पाइनेछ। तर विश्वास दिलाएर स्रोत फुत्काउनेहरूले धोका दिन सक्छन्। गोपनीयताका लागि अलि चनाखो रहनुहोला।

तुला
अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। धेरै मिहिनेतले मात्र चिताएको काम बन्नेछ। बोलीको प्रभाव कमजोर हुने हुँदा काममा मिहिनेत गर्नुपर्ला।

वृश्चिक विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। अवसर जुट्नेछ तर बलजफ्ती गर्ने बानीले केही समस्या निम्त्याउन सक्छ। पछिका लागि जग बसाउने समय छ।

धनु खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। छर–छिमेकमा केही असमझदारी बढ्न सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। अवसरका लागि भने केही दौडधुप गर्नुपर्ने देखिन्छ। अरूकाे फाइदाका लागि आफ्नाे लाभांश त्याग्नुपर्ने हुन सक्छ।

मकर आम्दानीका स्रोत बढ्नाले मनग्य धनलाभ हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। छोटो समयमै उपलब्धि हातलागी हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

कुम्भ
विशिष्ट व्यक्तिका साथ काम गर्ने अवसर मिल्नेछ। मिहिनेतले केही उपलब्धि दिलाउनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। तर आन्तरिक सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला।

मीन अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहनेछ र उपलब्धिविहीन काममा समय बित्न सक्छ। तापनि, गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गर्दा पछि फाइदा हुने काम सुरु गर्न सकिनेछ।

प्रतिक्रिया