Pura Samachar

अनलाइन सञ्चारमाध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने:ज्ञानेन्द्रबहादुर कार्की

प्रकाशित: January 1, 2022
पूरा समाचार

अनलाइन सञ्चारमाध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने:ज्ञानेन्द्रबहादुर कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाइन सञ्चारमाध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले अनलाइन सञ्चारमाध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिने सरकारको नीतिलाई कार्यान्वयनमा लैजान सरकारले आवश्यक तयारी गरिरहेको बताएका हुन् ।

अनलाइन पत्रकार संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अनलाइन सञ्चार माध्यमलाई विश्वसनीय, जवाफदेही र मर्यादित बनाउन विशेष पहलकदमी लिन पत्रकारहरुलाई पनि आग्रह गरे । उनले अनलाईन सञ्चारमाध्यमलाई मर्यादित बनाउन सरकारले पनि पत्रकारहरूसँगै बसेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । मन्त्री कार्कीले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारहरुको पक्षमा सधैं दृढतापूर्वक उभिने दोहोर्याए ।

प्रतिक्रिया