
काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि बस्दै छ । दशौँ अधिवेशनको चौथो बैठक बस्न लागेको हो ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आइतबार दिउँसो १ बजे बैठक बस्ने तय छ ।
Agani Group
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आ.व. २०७७/०७८’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले केही समययता संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।
प्रतिक्रिया