Pura Samachar

आज प्रतिनिधिसभाको बैठक बस्दै

प्रकाशित: January 2, 2022
पूरा समाचार

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । दशौँ अधिवेशनको चौथो बैठक बस्न लागेको हो ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आइतबार दिउँसो १ बजे बैठक बस्ने तय छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आ.व. २०७७/०७८’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले केही समययता संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।

प्रतिक्रिया