Pura Samachar

प्रतिनिधि सभा बैठक स्थगित

प्रकाशित: January 2, 2022
पूरा समाचार

प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । आइतबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।

संसदको तेस्रो दल नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेकाले बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजेका लागि बैठक बोलाउनुभएको थियो । माओवादी केन्द्रको आग्रहमा बैठक स्थगित गरिएको संसद सचिवालयका एक कमर्चारीले बताए ।

संसद बैठकअघि बोलाइएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ । सभामुख सापकोटाले विहान ११ः ३० बजे शंकर हलमा कार्यव्यवस्थाको बैठक बोलाउनुभएको थियो ।

संसदमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर विरोध गर्दै आएको छ ।

प्रतिक्रिया