Pura Samachar

आजदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदै

प्रकाशित: January 2, 2022
पूरा समाचार

आजदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदै

काठमाडौं । काठमाडौंका दुईवटा अस्पतालबाट आजदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदै छ ।

वीर अस्पताल र छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतलबाट यो उमेर समूहका बालबालिकालाई फाइजर खोपको दोस्रो डोज दिन लागिएको हो ।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार दोस्रो डोज लगाउन बाँकी रहेकालाई दिएर खोप बाँकी रहेमा यही उमेरका अरू बालबालिकालाई पहिलो डोज पनि दिइनेछ । खोप लगाउन बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय छुट्ट्याइएको छ ।

त्यसैगरी, फाइजर खोप लगाउन बाँकी आठ जिल्लाका बालबालिकालाई केही दिनभित्रै खोप कार्यक्रम सुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्यसचिव रोशन पोखरेलले यही जनवरी ४ तारिखसम्म खोपका लागि आवश्यक घोलक आइपुग्ने र केही दिनभित्रै ती जिल्लामा फाइजर खोप दिइने बताएका छन् ।

प्रतिक्रिया