Pura Samachar

पाल्पामा बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु

प्रकाशित: January 2, 2022
पूरा समाचार

पाल्पामा बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु

बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस पाल्पाको पाल्पा रिब्दिकोट २ लगुवामा दुर्घटनाग्रस्त भएको छ । लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ८ जना घाइते भएको हार्थोक प्रहरीले जनाएको छ।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ । उद्धार कार्य जारी रहेको हार्थोक प्रहरी चौकीका असई बिष्णु रेग्मीले जानकारी दिएका छन्। बसमा ३५ जना मलामी रहेको बताइएको छ । प्रहरी घटनाकोबारे थप बुझ्दै गरेको जनाएको छ।

प्रतिक्रिया