Pura Samachar

एमसीसी सम्झौता राष्ट्रघाती भएको ठहर गर्दै साना वामपन्थी दलले आइतबार राजधानीमा प्रदर्शन

प्रकाशित: January 2, 2022
पूरा समाचार

एमसीसी सम्झौता राष्ट्रघाती भएको ठहर गर्दै साना वामपन्थी दलले आइतबार राजधानीमा प्रदर्शन

एमसीसी सम्झौता राष्ट्रघाती भएको ठहर गर्दै साना वामपन्थी दलले आइतबार राजधानीमा प्रदर्शन गरेका छन् । नेकपा (क्रान्तिकारी माओवादी) लगायतका २२ राजनीतिक दल तथा संघ संगठनहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले कुनै पनि हालतमा संसदबाट एमसीसी पारित हुन नहुने भन्दै खबरदारी गरेका थिए ।

२२ राजनीतिक दलका तर्फबाट नेकपा क्रान्तिकारीका नेता समेत रहेका सीपी गजुरेल संसद बैठकमा एमसीसी संसदको कार्यसूचीमा पार्न अमेरिकाले दबाव दिइरहेकाले त्यसलाई रोक्न प्रदर्शनको आयोजना गरिएको बताए ।

नेपालका देशभक्त शक्तिहरु र नेपाली जनताको निरन्तर विरोध एवम् सङ्घर्षका कारण एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने योजनाले मूर्तरूप लिन नसकेपनि अमेरिकाले नेपाल सरकार र पार्टीहरूमाथि दबाव दिने काम निरन्तर जारी राखेको साना दलले बताएका छन् । यी साना दलले एमसीसीको विरोधमा निरन्तर आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया