Pura Samachar
  • २२ दिनमै फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

    प्रकाशित: २ हप्ता पहिले

    २२ दिनमै फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले २२ दिनमै फेरि पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ ।

    निगमले शनिबार मध्य रातिदेखि लागु हुने गरी पेट्रोल र डिजेलको मूल्य २-२ रुपैयाँ बढाएको जनाएको छ ।

    हाल कच्चा तेलको मूल्य, डलरको विनियम दर तथा इन्डियन आयल कर्पोरेशनबाट प्राप्त गरिद मूल्यमा समेत वृद्धि भएकाले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको उनले जनाएका छन् ।

    काठमाडौंको लागि अब पेट्रोलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ र डिजेल र मट्टीतेलको मूल्य ९० रुपैयाँ काम गरिएको छ । हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

    यसअघि असार २६ गते निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा रु एक-एकका दरले मूल्य वृद्धि गरेको थियो ।

    नयाँ मूल्यानुसार अब काठमाडौंमा पेट्रोल प्रतिलिटर रू १०२ तथा डिजेल र मट्टीतेल प्रतिलिटर रू ८८ मा बिक्रीवितरण हुँदै आएको थियो ।

    प्रतिक्रिया