Pura Samachar

कांग्रेसका सभापति शेरबहादुर देउवाले थप तीन नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नु भयो

प्रकाशित: January 2, 2022
पूरा समाचार

कांग्रेसका सभापति शेरबहादुर देउवाले थप तीन नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नु भयो

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप तीन नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएकाे छ । देउवाले भर्खरै सम्पन्न महाधिवेशनमा पराजित तीन नेता जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएकाे हाे ।

देउवाले काग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम शाही, पौडेल र गुरुङलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ।

गुरुङ सभापतिमा उम्मेदवार बनेर पराजित हुनुभएकाे थियाे भने दोस्रो चरणको निर्वाचनमा सभापतिमा देउवालाई सहयाेग गर्नुभएकाे थियाे । यस्तै, प्रदीप पाैडेल देउवा समूहबाटै महामन्त्री र शाही पनि देउवा समूहबाटै सहमहामन्त्रीमा पराजित हुनुभएकाे थियाे ।

प्रतिक्रिया