Pura Samachar

रियल म्याड्रिडको अपराजित यात्रामा पूर्णविराम ,गेटाफेसँग १–० ले स्तब्ध

प्रकाशित: January 3, 2022
पूरा समाचार

रियल म्याड्रिडको अपराजित यात्रामा पूर्णविराम ,गेटाफेसँग १–० ले स्तब्ध

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडको अपराजित यात्रामा पूर्णविराम लागेको छ । गेटाफेसँग १–० ले स्तब्ध हुँदै रियलको १५ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको हो ।

रियल ३ अक्टोवर २०२१ म स्पान्योलसँग २–१ ले पराजित भएयता अपराजित रहेको थियो । जसमा १३ जित र दुई बराबरीको नतिजा रहेको थियो । कोलिसिअम अलफन्सो पेरेजमा आइतबार राति भएको खेलमा घरेलु टोली गेटाफेको जितमा पहिलो हाफमा इनेस युनालले गरेको गोल नै निर्णायक बन्यो । इनेसले खेलको नवौं मिनेटमा गोल गरेका थिए ।

एक गोलले पछि परेको रियलले बल पोसेसन राख्दै घरेलु टोलीलाई लगातार दवावमा राखेपनि फिनिसिङमा चुक्दा हार बेहोर्न पुग्यो । रियलले गेटाफेविरुद्ध ७४ प्रतिशत बल पोसेसन राखेपनि गोल गर्न असमर्थ रहँदा यो सिजनको ला लिगामा चौथो हार बेहोर्न पुग्यो ।

यो हारसँगै रियल शीर्षस्थानमा यथावत रहेपनि अग्रता बढाउने मौका गुमाएको छ । रियलको २० खेलबाट ४६ अंक रहेको छ । दोस्रो स्थानको सेभियाको १८ खेलबाट ३८ अंक छ । रियललाई हराएको गेटाफे १८ अंक जोडेर १६औं स्थानमा उक्लिएको छ ।

Facebook0Tweet0

प्रतिक्रिया