Pura Samachar
  • विश्वभर कोरोना संक्रमितको संख्या पौने दुई करोड, मृत्यु हुनेको संख्या ६ लाख ८० हजार

    प्रकाशित: २ हप्ता पहिले

    विश्वभर कोरोना संक्रमितको संख्या पौने दुई करोड, मृत्यु हुनेको संख्या ६ लाख ८० हजार

    काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर संक्रमतिको संख्या पौने दुई करोडभन्दा बढी पुगेको छ ।

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ७६ लाख पुगेको छ ।

    कोरोना संक्रमणबाट अहिलेसम्म विश्वभर ६ लाख ८० हजार ५७५ जनाको मृत्यु भइसकेको छ ।

    जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अमेरिकामा कोरोना भाइरसबाट एक लाख ५३ हजार ६४२ जनाको मृत्यु भइसकेको छ ।

    त्यस्तै ब्राजिलमा ९२ हजार ४७५, मेक्सिकोमा ४६ हजार ६८८ र बेलायतमा ४६ हजार २७८ जनाले ज्यान गुमाइ सकेका छन् ।

    प्रतिक्रिया