Pura Samachar

पहिलो पारीमा २०२ रनमै समेटियो भारत

प्रकाशित: January 4, 2022
पूरा समाचार

पहिलो पारीमा २०२ रनमै समेटियो भारत

पहिलो पारीमा २०२ रनमै समेटियो भारत, रबाडाको ओभरमा बुमराहले हिर्काए छक्का

काठमाडौं ।

दक्षिण अफ्रिकासँगको टेष्ट श्रृंखलाको दोस्रो खेलको पहिलो पारीमा भारत २०२ रनमै समेटिएको छ । जोहान्सबर्गमा टस जितेर पहिला ब्याटिङ गरेको भारतीय टोली पहिलो दिनको खेल नसकिँदै ६३.१ ओभरमा अलआउट भएको हो । उसका लागि कप्तान केएल राहुलले मात्र अर्धशतकीय पारी खेल्न सके ।

उनले १३३ बलमा ९ चौकासहित सर्वाधिक ५० रन बनाए । विराट कोहलीको अनुपस्थितिमा दोस्रो टेष्टमा राहुलले कप्तानी गरिरहेका हुन् । त्यस्तै, रविचन्द्रन आश्विनले ४४, मयंक अग्रवालले २६, हनुमा बिहारीले २० र ऋषभ पन्तले १७ रनको योगदान दिए ।

जसप्रित बुमराहले अविजित पारी खेले । उनले ११ बलमा एक छक्का र दुई चौकासहित अविजित १४ रन रन बनाए । बुमराहले दुई चौका र एक छक्का कागिसो रबाडाको एकै ओभरमा हिर्काएका हुन् ।

अजिंक्य रहाणे (शून्य) र चेतेश्वर पुजारा (तीन), शार्दुल ठाकुर (शून्य) र मोहम्मद शामी (९) भने दोहोरो अंकमा समेत रन जोड्न नपाउँदै आउट भए । बलिङमा मार्को जेनसनले चार, कागिसो रबाडा र दाउने ओलिभियरले तीन/तीन विकेट लिए ।

तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ । पहिलो खेलमा उसले घरेलु टोली दक्षिण अफ्रिकालाई ११३ रनले हराएको थियो । भारत लगातार दोस्रो खेल जित्दै एक म्याच अगावै सिरिज जित्न चाहन्छ । दक्षिण अफ्रिका भने सिरिजमा जीवित रहन दोस्रो खेल जित्नैपर्ने दबाबमा छ ।

प्रतिक्रिया