Pura Samachar

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

प्रकाशित: January 4, 2022
पूरा समाचार

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । काठमाडौंको पिंगलास्थानमा बसको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौंकै शान्तिनगर बस्ने दोलखाकी २५ वर्षीया कृतिका कार्कीको मृत्यु भएको हो ।

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ५ बजे कार्कीको मृत्यु भएको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।

गौशालाबाट एयरपोर्टतर्फ तीव्र गतिमा जाँदै गरेको बा५ख १५३८ नम्बरको यात्रीवहाक बसले वाग्मती प्रदेश–०२–०२१ प १९३५ नम्बरको स्कुटरलाई हिजो साँझ करिब सवा ६ बजे ठक्कर दिएको थियो । दुर्घटनापश्चात् फरार रहेका बस चालकको खोजी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया