नयाँ दिल्ली । विश्वभर अहिलेसम्म एक करोड ८१ लाखभन्दा बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् ।
कोरोना भाइरसको संक्रमणबाट ६ लाख ९० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।
कोरोना भाइरसबाट सबैभन्दा बढी नराम्रोसँग अमेरिका, ब्राजिल, रूस, दक्षिण अफ्रिका र भारत प्रभावित भएका छन् ।
संयुक्त अरब इमिरेट्सका स्वास्थ्य मन्त्री अब्दुल रहमान अल ओवेसले यूएईमा अहिलेसम्म ५० लाख मानिसहरुमा कोरोना परीक्षण गरिएको बताएका छन् ।
यूएईमा कोरोना संक्रमित निको हुने दर ९० प्रतिशत छ । यूएईको जनसंख्या ९६ लाख रहेको छ ।
प्रतिक्रिया