Pura Samachar

चार्ल्स शोभराजको मुद्दामाथि सुनुवाइका लागि पेसी तोकिए पनि ‘हेर्न नमिल्ने’ ठहर

प्रकाशित: January 5, 2022
पूरा समाचार

चार्ल्स शोभराजको मुद्दामाथि सुनुवाइका लागि पेसी तोकिए पनि ‘हेर्न नमिल्ने’ ठहर

कारागार कार्यालय जगन्नाथ देवलमा थुनामा रहेका चार्ल्स शोभराजको मुद्दामाथि बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन । सुनुवाइका लागि पेसी तोकिए पनि ‘हेर्न नमिल्ने’ ठहर भएको हो । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको थियो । शोभराजले पुस ७ गते उमेरको आधारमा कैद छुटको माग गर्दै रिट निवेदन दिएका थिए ।

यसअघि अनिलकुमार सिन्हाको एकल इजलासले सो रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । ७० वर्ष उमेर पुगेका कैदीबन्दीलाई असल चालचलन भएमा ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानुनी व्यवस्था छ । शोभराजले नेपालीमात्र नभई विदेशी नागरिकको हकमा पनि लागू हुनुपर्ने माग गरेका छन् ।

उनलाई शृङ्खलाबद्ध हत्यामा जन्मकैदको सजाय भएको छ । उमेरका कारण नेपालको प्रचलित कानुन अनुसार आफूले पनि कैद सजाय छुट पाउनुपर्ने उनको मागदाबी छ ।

प्रतिक्रिया