Pura Samachar

आज बुधबार मन्त्रिपरिषदको बैठक बस्ने

प्रकाशित: January 5, 2022
पूरा समाचार

आज बुधबार मन्त्रिपरिषदको बैठक बस्ने

काठमाडों । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ । उहाँले आज बुधबार दिउँसो १ ३० बजेका लागि बैठक बोलाउनु भएको हो ।

आगामी माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचन, प्रधानमन्त्रीको भारत भ्रमण र अन्य सरकारका कारवाहीका बारेमा छलफल गर्न बैठक बोलाईएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बस्नेछ । यसघि पुस अन्तिम साता प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने तालिका बनेको थियो । भारतमा बढेको कोरोना महामारीको कारण प्रधानमन्त्रीको उक्त भ्रमण अन्योल बनेको छ । सो भ्रमणका बारेमा पनि आजको मन्त्रिपरिषद बैठकले छलफल गर्ने तालिका रहेका छ ।

प्रतिक्रिया